नाच्न नमान्दा श्रीमानले केश मुण्डन गरिदिए

केश मुण्डन गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि पाकिस्तानमा एक युवतीले धेरैको ध्यान तानेकी छन् । तर, ती युवतीले आफ्नै खुशीले केश मुण्डन गरेकी भने होइनन् ।  लाहोरकी अस्मा अजिजले आफ्नै श्रीमान्ले यातना दिएको र जबरजस्ती केश खौरिदिएको आरोप लगाएकी छन् । अस्माका अनुसार त्यसदिन उनका श्रीमान मिआन फैसलले आफ्ना साथीहरुलाई घरमा बोलाएका थिए । उनले साथीहरुका अगाडि अस्मालाई नाच्न भने । अस्माले नाच्न मानिनन् । मिआनले अस्मालाई यसैको सजाय दिए ।

‘उसले नोकरका अगाडि मेरो लुगा फुकाल्यो । नोकरहरुले मलाई समाते र उसले मेरो कपाल खौरिदियो । त्यसपछि मेरो कपाल जलाइदियो । मेरा लुगाहरु रक्ताम्य भएका थिए । उसले मलाई पाइपले बाँधेर पंखामा अड्काइदियो  र झुण्ड्याउने धम्कीसमेत दियो ।’मिआन र उनका घरेलु कामदार रसिद अलि अहिले प्रहरी हिरासतमा छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: