जीवनशैलीले मानिसलाई दिन–प्रतिदिन अस्वस्थ बनाउँदा रोग पनि जटिल बन्दै

आधुनिक जीवनशैलीले मानिसलाई दिन–प्रतिदिन अस्वस्थ बनाउँदा रोगहरु पनि जटिल बन्दै गएका छन् । चिकित्सा विज्ञानलाई नै चुनौति दिने रोगले मानिसको ज्यान लिइरहेको छ भने उपचार पनि कठिन बन्दै गएको छ । केही रोगको त पूर्ण उपचार पत्तासमेत लागेको छैन ।

विश्व स्वास्थ्य संगठनले क्यान्सरलाई चिकित्सा विज्ञानलाई नै चुनौति दिने रोगको सूचीमा राखेको छ । खाद्यान्नमा बढ्दो रसायन, रेडिएसनको प्रभाव, धुम्रपान र बंशाणुगत कारणले यो रोगको केमोथेरापी, रोडिएसन थेरापी र सर्जरीका माध्यमबाट उपचार गरिन्छ । क्यान्सरको पूर्ण उपचार अझैसम्म पत्ता लागेको छैन ।

विश्वकै दोस्रो स्वास्थ्य समस्या हो– मधुमेह । रगतमा सुगरको मात्रा ११० र खाएको समयमा २०० एमजीभन्दा माथि पुगे मधुमेह भएको मानिन्छ । मधुमेहले शरीरका सबैजसो अंगमा असर गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हृदयघात विश्वकै तेस्रो र मृगौला रोग चौथो स्वास्थ्य समस्या हो । नेपालमा हरेक वर्ष ३ हजार हाराहारीको मृगौला फेल हुन्छ ।

मस्तिष्कको चेतना प्रवाहित गर्ने प्रणालीमा असर गर्ने रोग, अल्जाइमर विश्वकै पाँचौ नम्बरमा पर्ने स्वास्थ्य समस्या हो । यो रोग लाग्नुको मुख्य कारण हालसम्म अज्ञात छ । बुढ्यौलीमा यो रोग बढी देखिन्छ । इन्फ्लुएन्जा छैटौं नम्बरमा पर्ने रोग हो । स्वाइनफ्लु (एच वान–एन वान) भाइरसका कारण ज्यान गुमाउने संख्या बढेपछि विश्व स्वास्थ्य संगठनले सन् २००९ जुन ११ मा ‘फ्लु पेन्डामिक’ घोषणा गरेको थियो । सन् २०१० पछि इन्फ्लुएन्जा नियमित स्वास्थ्य समस्या बनिरहेको छ ।

स्ट्रोक अर्थात रक्तप्रवाह रोकिएर मस्तिष्कका ‘सेल’ मर्ने यो रोग मानिसको मृत्यु गराउने भयानक अवस्था हो । प्यारालाइसिस समेत गराउने यो रोग विश्वको सातौं नम्बरमा पर्ने स्वास्थ्य समस्या हो । चिम्पान्जीबाट मानिसमा सरेको एड्स विश्वव्यापी संकटको रोग हो । जुन विश्व स्वास्थ्य संगठनका अनुसार विश्वकै आठौं नम्बरमा पर्ने स्वास्थ्य समस्या हो ।

सुरक्षित रक्तदान र यौनसम्पर्क तथा यौनजन्य रोगको समयमै परीक्षण यसबाट जोगिने मुख्य उपाय हुन् । विश्वभर हाल करिब ३७ मिलियन मानिस एड्सबाट प्रभावित छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: