साफ च्याम्पियनसिप : नेपालसँग श्रीलंका ४-० गोलले पराजित

साफ च्याम्पियनसिप महिला फुटबलको पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गरेको छ । जित सँगै नेपाल च्याम्पपियनसिपको फाईनलमा प्रवेश गरेको छ । विराटनगरको शहीद रंगशालामा बिहान ११ बजेबाट सुरुभएको खेलमा नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको खेलमा अग्रता लिएको थियो । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् ।

नेपालले उपाधिका लागि भारत र ब‌गलादेशबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।।

Leave a Reply

Scroll to Top
%d bloggers like this: