अमेरिकाको हर्नडन नगर परिषद्‍मा ढकाल विजयी

काठमाडौं : अमेरिका भर्जिनियाको हर्नडन नगर परिषदको निर्वाचनमा नेपाली मूलका प्रदीप ढकाल विजयी भएका छन्। मध्यावधि निर्वाचनमा ६ जना काउन्सिल सदस्यको लागि चुनाव भएको थियो। ढकालले पाँचौ स्थान हासिल गर्दै विजय भएका हुन्।

१२ हजार बढी मतदाता संख्या रहेको उनको निर्वाचन क्षेत्रमा सात हजार चार मत खसेको थियो। जसमध्ये ढकालले तीन हजार ८३ मत प्राप्त गरेका छन्। ६ जना परिषद सदस्यका लागि १० जना चुनावी मैदानमा थिए। यी मध्ये एसीयाली अमेरिकी मूलका ढकाल मात्र उमेदवार थिए।

ढकालले स्वतन्त्र हैसियतमा चुनावमा भाग लिएका थिए। १२ बर्ष अघि नेपालको झापाबाट अमेरिका पुगेका ढकाल ६ बर्षदेखि भर्जिनियाको हर्नडनमा स्थायी रुपमा बस्दै आएका छन्।

हर्नडन नगरलाई आर्थिक रुपले दीगो र सम्पन्न बनाउन आफूसँग नयाँ सोच र धारणा भएकाले मतदाताले विश्वास गरी विजयी बनाएको ढकालको भनाइ छ।

यो मध्यावधि निर्वाचनमा अमेरिकी माथिल्लो सदन(सिनेट)का ३५ तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका चार सय ३५ जना, ३६ राज्य प्रमुख (गभर्नर) र हजारौँको संख्यामा स्थानीय निकायका पदाधिकारिको निर्वाचन सम्पन्न भएको छ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: