घाँटी हल्लिएको उपचारमा थाइल्यान्ड गएका मुख्यमन्त्री पुगे न्यूयोर्क

काठमाडौँ : घाँटी हल्लिने समस्याको उपचारका लागि भन्दै थाइल्यान्डको बैंकका उडेका प्रदेश नम्बर १ मुख्यमन्त्री शेरधन राई अमेरिकाको न्यूर्योक पुगेका छन् ।

बैंकका गरिएको स्वास्थ्य जाँचका क्रममा चिकित्सकहरुले स्वास्थ्यमा कुनै समस्या नरहेको बताएपछि मु्ख्यमन्त्री राई व्यक्तिगत भ्रमणका लागि भन्दै न्यूर्योक पुगेका हुन् ।

प्रदेश १ को नाम र राजधानीको टुंगो लाग्न नसकेपछि त्यसलाई संसदको हिउँदे अधिवेशनसम्म धकेलेर मुख्यमन्त्री राई विदेश भ्रमणमा निस्किएका हुन् । न्यूर्योक पुग्नुअघि उनी जर्मनी पुगेको तस्बिर पनि सार्वजनिक भएको थियो ।

न्यूर्योक पुगेर मुख्यमन्त्री राईले त्यहाँका गैरआवासीय नेपालीलाई नेपालको विकासको लागि देशविदेका सबै नेपाली जुटनुपर्ने बताएका छन् । थाइल्यान्डमा छोटो समयमै स्वास्थ्य जाँ भएकाले बाँकी रहेको समय सदुपयोग गर्न मुख्यमन्त्री रार्इ न्यूयोर्कतिर लागेका हुन् ।

थाइल्याण्ड हुँदै अमेरिका पुगेका मुख्य मन्त्री राईले प्रवासी नेपाली मञ्च र आदिवासी जनजाति महासंघले गरेको कार्यक्रममा बोल्दै देश विकासमा सबैको भूमिका खोजेका हुन् ।
मुख्यमन्त्री राईले अमेरिकाबासी नेपालीसँग प्रदेश १ को राजधानी र नामबारे कुरा राख्न समेत भ्याए । प्रदेश सात, ६ र चारले नामाकरण र राजधानीको टुंगो लगाइसकेको अवस्थामा प्रदेश १ अनिर्णयको बन्दी भइरहेका बेला मुख्यमन्त्री राई अमेरिकाबासी गैरनेपाली र गैरआवासीय नेपालीसँग नाम र राजधानीबारेको तनाव पनि सुनाउन भ्याए ।

‘‘सबै विशेषताले भरिएको नेपालको प्रदेश नम्बर १ लाई सगरमाथा वा किरात राख्नेबारे जनताकै सुझावको आशा गरेका छौँ’, न्युयोर्कको सत्यनारायण मन्दिरमा आयोजित कार्यक्रममा मुख्य मन्त्री रार्इले अझै पनि नाम र राजधानी राख्ने स्थानको टुंगो नभएको भन्दै आफ्नो कुरा सुनाए ।

मुख्यमन्त्री राई न्युयोर्कको कार्यक्रममा भाग लिएपछि बाल्टिमोर हुँदै नायागारफल्सतिर गएका छन् । उनको साथमा निकट सहयोगी पारूहाङ रार्इ पनि रहेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: