दैनिक दिसा लाग्दैन अब नआत्तिनुहोस् यस्ता छन् घरेलु उपाय

 

पेटलाई सदैव सफा राख्नको लागी जस्तो सुकै दिसालाई निकाल्न जरुरी छ । हामीेले उपचार विधि अपनाउदाँ सय प्रतिशत प्राकृतिक, लाभदायी विधि अपनाउनुपर्दछ । जसको कारणले गर्दा पुरै पेटलाई सफा बनाउन सकिनेछ । यस्ता छन्, पेट सफा गरी स्वस्थ रहने उपाय ।

१. बेलुका अपनाउने उपाय 
दुईदुर्ई चम्चा ज्वानो र जीरालाई एक दुई मिनेट भुटेपछि धनिया लाई २ मिनेट भुटेर पिसेर पाउडर बनाई त्यसमा आधा चम्चा जति कालो नुन, बेसार, सुकेको पुदिनालाई हालेर मिक्स गरेपछि औषधी तयार हुन्छ ।
यसरी तयार पारेको औषधी रातीको खानापछि मनतातो पानीमा एक चम्चा हालेर सेलाएपछि सेवन गर्ने यसरी सेवन गर्नाले पेट पूर्ण रुपमा बिहान उठ्दा सफा हुन्छ ।

२. बिहान खाली पेटमा अपनाउने उपाय 
एक गिलास मन तातो पानीमा एक चम्चा क्यस्टर ओइल, आधा कागतीको रस र थोरै नुन मिसाएर बिहान खाली पेटमा पिउँने । यसो गर्नाले दिसा खुलेर आउँछ । बिहान खाली पेटमा वर बेलुकाको खाना पछी मेवा खानाले पेट सफा हुने कारणले गर्दा मेवाको सिजनमा मेवाको सेवन गर्नुहोस् । यो तरिका हप्ताको ३ पटक जति अपनाएमा कुनै समस्या देखा पदैन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: