फुटबल खेलेरै महिनाको १० लाख कमाउछन् रोहित

नेपाली फुटबलमा सबैभन्दा बढी कमाउने खेलाडी हुन रोहित चन्द । उनले हालै मात्र इन्डोनेयिाली लिग च्याम्पियन पर्सिजा जाकार्तासँग नयाँ अनुबन्ध गरेका छन् र तय छ, उनको पारिश्रमिकमा अत्याधिक वृद्धि भएको छ । त्यसो त रोहितले अहिलेसम्म आफ्नो आम्दानी खुलस्त नपारेपनि ८ देखि ९ हजार डलर करिब १० लाख रुपैयाँ प्राप्त गर्ने बताईन्छ ।

रोहितकै जादुयी प्रदर्शनको मद्दतले पर्सिजा जाकार्ताले पहिलो पटक लिगको उपाधि जितेको थियो । त्यस क्रममा रोहित लिगकै उत्कृष्ट खेलाडीसमेत घोषित भए ।अब रोहितले क्लबका लागि अब एएफसी कप पनि खेल्नेछन् । यो एसियाली फुटबलकै सबैभन्दा ठूलो क्लब प्रतियोगिता हो । रोहित क्लबका समर्थक माझ निकै लोकप्रिय छन् ।

केही पहिला क्लबले रोहितलाई अनुबन्ध नगरेपछि ती समर्थकले रोहितलाई फिर्ता ल्याउनु पर्छ भनेर सामाजिक संजालमा अभियान नै चलाएका थिए । जाकार्ता घुम्ने क्रममा रोहितको पछाडि समर्थकहरूको भीड नै लाग्ने बताइन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: