म्याग्दी समाज मेरिल्याण्डको अध्यक्षमा इन्द्र बहादुर थापा

अमेरिकाको मेरिल्याण्डमा स्थापित म्याग्दी समाज युएसएमा ईन्द्र बहादुर थापा क्षेत्री अध्यक्षमा निर्वाचित भएका छन् ।सोमबार सम्पन्न समाजको अधिवेसनले अध्यक्षमा इन्द्र बहादुर थापा क्षेत्री, वरिष्ठ उपाध्यक्षमा खगेन्द्र छन्त्याल, उपाध्यक्षमा कृष्ण क्षेत्री, महासचिवमा भिम केसी, सचिवमा सुभाष भण्डारी तथा कोषाध्यक्षमा अन्जु थापालाई निर्वाचित गरेको छ ।यसैगरी सदस्यहरुमा दिनेश जिसी, नरेन्द्र रावल, किशोर शर्मा, मनिलाल राम्दम निर्वाचित भएका छन् ।

त्यस्तै समाजको सूचना निर्देशक (आइटि) मा सुदर्शन पौडेल र सांस्कृतिक कार्यक्रम संयोजकमा मंजु पुन, संचार निर्देशकमा निर्मल थापा, जनसम्पर्क निर्देशकमा बुद्धि शेरचन तथा सदस्यमा दिपा पुनलाई निर्वाचित गरिएको छ । २००९ मा स्थापना भएको गैरमुनाफामुलक सामाजिक संस्था सोमबार सम्पन्न बार्षिक अधिवेसनमार्फत म्याग्दी समाज युएसएको सन् २०१९–२०२० सम्मका लागि नयाँ समिति गठन गरिएको हो ।नविनिर्वाचित अध्यक्ष थापाले मेरिल्याण्डमा रहेका म्याग्देलीको मात्र नभएर अमेरिकामा रहेका सम्पूर्ण म्याग्दीबासी तथा अन्य जिल्लावासी नेपालीहरुको सुख दुःखमा साथ दिन आफ सदैव लागि पर्ने बताएका छन् । संसारन्युज

Leave a Reply

Scroll to Top
%d bloggers like this: