उत्तर कोरियाले बनायो खान मिल्ने कपडा !

कपडा पनि खान मिल्छ र ? सुन्दा अचम्म लाग्न सक्छ । उत्तर कोरियामा खान मिल्ने कपडाको विकास गरिएको छ । भोकमरीसँग जुधिरहेको उत्तर कोरियाले प्राण धान्न सकिने गरी खान मिल्ने कपडा बनाएको हो । अनौठो प्रयोग गर्न माहिर उत्तर कोरिया कहिले आणविक हतियार परीक्षणका लागि चर्चामा आउने गरेको छ । अहिले अमेरिकासँग वार्ताका लागि निकै चर्चामा रहेको उत्तर कोरियामा गरिबीको चरम अवस्था रहेको छ ।

उत्तर कोरियाका तानाशाह किम जोङ उनले पौडी, हाइकिङ्ग तथा साहसिक खेलसँग सम्बन्धित उपकरण साधनहरु सार्वजनिक गरेका छन् । किमले सार्वजनिक गरेका मध्ये फेसन उत्पादन अचम्मका रहेका छन् । यी कपडाको सबैभन्दा अनौठो विशेषता खान मिल्ने हो ।

उत्तर कोरियाको किम क्लोथिङ्ग अनुसन्धान केन्द्रले ती अनौठा कपडाको उत्पादन गरेको हो । फ्लेन लेट फ्याब्रिक्सबाट यी कपडा बनाइएको छ । कपडा बनाइएको रेशामा फ्याब्रिक प्रोटिन, एमिनो एसिड, फलफूलको जुस, आइरन तथा क्याल्सियम प्रयोग गरिएको हुन्छ । त्यसैले त्यो कपडालाई सहजै खान सकिन्छ । कपडा पौष्टिक हुनुका साथै स्वादिष्ट पनि रहेको छ ।

खासगरी भोकमरीको अवस्थामा खाएर प्राण धान्न मिल्ने योजनाका साथ उत्तर कोरियाले यस्ता कपडा विकास गरेको बताइएको छ । पुरुषका लागि ज्याकेट तथा महिलाको आउटर शनेल कम्पनीको मोडलको नक्कल गरी बनाइएको छ । त्यस्तै गुची कम्पनीको मोडलको नक्कल गरी ह्याण्ड ब्याग तयार गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: