‘कफी र काफिया’मा म्याग्दीका घायलश्री गुञ्जिने

एक दशकदेखि म्याग्दीलाई कर्मक्षेत्र मानेर साहित्यिक क्षेत्रमा क्रियाशील युवा सर्जक घायलश्री गैंडाकोट नवलपरासीमा हुँदै गरेको एक साहित्यिक कार्यक्रममा आफ्नो प्रस्तुती दिने भएका छन् । यही माघ २६ गते शनिबार हुँदै गरेको ‘कफी र काफिया’ को बाह्रौं श्रीङ्खलाको कार्यक्रममा प्रमुख वाचकको रुपमा उपस्थित हुँदै गरेका घायलश्री विगत दुई दशकदेखि नेपाली साहित्य लेखन क्षेत्रमा क्रियाशील रहेका छन् ।

म्याग्दी साहित्य सञ्चारका अध्यक्ष, अन्तराष्ट्रिय नेपाली साहित्य समाज धवलागिरी कार्य समितिका संयोजक, बुलबुल साहित्यिक पत्रिकाका सम्पादक समेत रहेका उनका ‘कविता’ लघुउपन्यास, ‘पूर्वी’ कथा सङ्ग्रह लगायत अहिलेसम्म पाँच कृतिहरु प्रकाशित भईसकेका छन् । विभिन्न सङ्घ संस्थाहरुबाट समेत सम्मानीत भई सकेका उनी सिर्जनशील युवा लेखको रुपमा चिनिन्छन् ।

नेपाली साहित्यको गजल विधालाई बिस्तार तथा प्रवद्र्धन गर्ने उद्देस्यले विगत देखि नै यस्तो खाले कार्यक्रम सञ्चालन गरिएको र त्यसैको निरन्तरता भएको कार्यक्रम संयोजक लेखराम सापकोटाले बताए । उनले भने ‘साहित्य भनेको समाजको ऐना हो । साहित्यिक सिर्जनाहरु मार्फत देस र समाजमा भए गरेका राम्रा कामहरुलाई प्रोत्साहन र नराम्रा कामहरुलाई खवरदारी गर्ने काम स्रष्टाहरुले गर्दछन् ।’ गजल सुन्नकै लागि भनेर विभिन्न जिल्लाहरुबाट साहित्य तथा गजल प्रेमीहरु कार्यक्रममा उपस्थित हुने आयोजकको भनाई रहेको छ ।‘सङ्कल्प–१०१’ गजल सङ्ग्रह समेत प्रकाशित गरेकी स्थानीय गजलकार अम्विका कार्की ‘अमु’ले गजल वाचनमा उनलाई साथ दिनेछिन् । सिर्जन साहित्य प्रतिष्ठान नवलपुर आयोजक रहेको उक्त युगल गजल वाचन कार्यक्रम एम. पी. एम. कलेज गैंडाकोटको सभाहलमा दिनको तीन बजेदखि शुरु हुनेछ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: