सामाजिक संजालमा भाइरल ‘चप्पल सेल्फी’

बदलिंदो समयमा सामाजिक सञ्जाल एक प्रभावकारी संचार माध्यम बन्न पुगेको छ जहाँ कुनै कुराहरुले यति महत्व पाउँछन् कि क्षणभरमै हजारौं लाखौं शेयर हुन्छन् र त्यसप्रति प्रतिक्रियाहरु ब्यक्त गरिन्छन् । त्यस्तै बनेको छ हालै सामाजिक संजालमा शेयर गरिएको एक ‘कारुणिक तस्बिर’ जुन पोष्ट गरिएको केहि बेरमै भाइरल बनेको छ र लाखौं ब्यक्तिको मन छुन सफल रहेको छ ।

भाइरल बनेको तस्बिर भारतीय बालबालिकाको हो जहाँ उनीहरुले सेल्फी खिच्न पोज दिइरहेका छन् तर सेल्फी खिच्ने बालकको हातमा मोबाइल नभएर थोत्रो चप्पल देखिन्छ ।निर्दोश बालबालिकाको मुहारमा फोटोको लागि पोज र मुस्कान पनि देखिएको छ तर अफसोच त्यहाँ हातमा मोबाइल देखिंदैन ।

उक्त तस्बिर खिच्ने को हुन् खुलेको छैन तर तस्बिरले सामाजिक संजालमा चर्चा पाइरहेको छ साथै बलिउड कलाकारहरुले यसलाई निकै मार्मिक र कारुणिक तस्बिर भन्दै शेयर गरेका छन् ।भारतिय कलाकारहरु अभिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र सुनिल शेट्टी फोटोग्राफर अतुल कास्बेकर लगायतले तस्बिरलाई शेयर गर्दै आफ्नो बिचारहरु ब्यक्त गरिरहेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: