युएई विरुद्ध पारसकाे सानदार शतक

युएई विरुद्ध जारी एकदिवसीय सिरिज अन्तर्गतको अन्तिम तथा तेस्रो एकदिवसीय खेलमा कप्तान पारस खड्काले शतक प्रहार गरेका छन्। युएईले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा पारसले ९६ बलमा शतक पुरा गरेका हुन्। ओपनिङ व्याट्सम्यानका रुपमा आएका विनोद भण्डारी ९ रनमा आउट भएपछि व्याटिङमा आएका पारसले शतक पुरा गर्ने क्रममा १३ चौका १ छक्का प्रहार गरे। यसअघि सन् २०१८ मा युएईसँगै भएकाे  डिभिजन-२ काे फाइनलमा समेत पारसले शतक प्रहार गरेका थिए। उनले उक्त खेलमा ११२ रन बनाएका थिए।

नेपालले युएई विरुद्धको एकदिवसीय सिरिज जित्न २ सय ५५ रनको लक्ष्य पाएको छ। आइसिसी एकेडेमी दुबईमा जारी सिरिज अन्तर्गतको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोली युएईले  निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रन जोडेपछि नेपालले सिरिज जित्न २ सय ५५ रनको लक्ष्य पाएको हो। तीन एकदिवसीय खेलको सिरिज एक एकको बराबरीमा रहेको छ। आजको खेलको विजेताले सिरिज आफ्नो पक्षमा पार्नेछ। यसअघि भएको पहिलो खेलमा ३ विकेटको पराजय व्यहोरेको नेपालले पछिल्लो खेलमा युएईलाई १ सय ४५ रनले पराजित गरेको थियो।

Leave a Reply

Scroll to Top
%d bloggers like this: