जिल्ला अस्पताल ३९ बिरामी उपचाररत ,छैन अक्सिजन

वैशाख ३१ ।कावासोतीमा रहेको जिल्ला अस्पतालमा अक्सिजन हाहाकार भएको छ । अक्सिजन सप्लाई गर्ने कारखानाले शुक्रवार अक्सिजन दिन नसक्ने जानकारी दिएपछि जिल्ला अस्पतालमा अक्सिजन लगाएर उपचाररत २७ जना कोरोना संक्रमितको अबस्था गम्भिर भएको हो । यहा अन्य रोगका १२ जना बिरामीको पनि अक्सिजन दिएर उपचार भैरहेको छ ।
जिल्ला अस्पतालमा उपचार गराई रहेका २७ जना कोरोना संक्रमणका बिरामीलाई दैनिक कम्तिमा ३५ सिलिन्डर अक्सिजन आबस्यक पर्दछ । अक्जिन हाइ फलोमा दिन पर्ने बिरामीको अबस्था जटिल हने भएकाले चिकित्सक चिन्तित छन । आपुर्तिकर्ताले शुक्रवार बाट अक्सिजन दिन नसक्ने जानकारी गराएपछि एकाएक उपचारमा समस्या भएको हो ।
मध्यबिन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बीर बहादुर थापाले यस अघि सप्लाई गर्दै आएका सप्लायर्सले बजारमा अक्सिजन नपाइएको भन्दै आपुर्ति गर्न नसक्ने जानकारी दिएपछि बिरामीको उपचार गर्न समस्या भएको जानकारी दिए । बिरामीलाई अन्यत्र रिफर गर्ने अबस्था पनि सजिलो छैन । उनले भने ।
यहा अक्सिजन सप्लाई गर्ने, नवलपुर अस्पताल,गैडाकोटमा रहेको शिद्धि बिनायक अक्सिज उद्योगले अक्सिजन सप्लाई गर्न नसक्ने भन्दै हात उठाएपछि जिल्ला अस्पतालमा अक्सिजनको हाहाकार भएको हो । अक्सिजन सप्लाई गर्ने अन्य सप्लायर्सहरुले पनि सबै तिर माग बढेका कारण आपुर्ति गर्न असहज भएको जानकारी गराएका छन ।
गैडाकोट नगरपालिकामा रहेको सिद्धि बिनायक अक्सिजन उद्योगका प्रबन्धक हिमनाथ घिमिरेले आफुहरुकै पुरानो मेडिकल कजेजमा घण्टाकै १५ वटा भन्द बढि अक्सिजन सिलिण्डरको माग भएका कारण अन्यत्र पठाउन नसकिने जानकारी दिए । पुरानो मेडिकल कजेजद्धारा संचालित सिद्धिबिनायक अक्सिजन उद्योगले आफनै बिरामीलाई हाहाकार भएका कारण अन्यत्र सप्लाई गर्न नसकिएको जानकारी दिएको छ । उनले आफुलाई आबस्यक बाहेक पहिलो प्राथामिकता नवलपरासी जिल्ला अस्पतालाई नै दिएको सुनाए । पूर्वी नवलपरासीमा अक्सिजन उत्पादन गर्ने उद्योग यो एउटा मात्र हो ।
प्रमुख जिल्ला अधिकारी मनमाया पंज्ञेनीले अक्सिजन उपलब्ध गराउन आफुले सबै तिर समन्वय गरिहेको जानकारी दिइन । उनले सबै तिर समन्वय गरेर अक्सिजन सप्लाई गर्ने प्रयास भैरहेको जानकारी दिइन । अहिलेपनि अक्सिजन प्लान्ट निरिक्षणकालागि गैडाकोट जादै छु उनले भनिन ।
पूर्वी नवलपरासी स्थित जिल्ला अस्पताल संचालक समितिका अध्यक्ष डा गोपाल खनालले अस्पताल हातामै अक्सिजन उद्योग शुरु गरिएको जानकारी दिदै अर्को सातादेखि उत्पादन शुरु गर्ने लक्ष्य राखेको बताए । ‘अस्पताल हातामै दैनिक १८ वटा सिलिण्डर उत्पादन हुने उद्योग शुरु गरेका छौ ‘उनले भने ‘अब अर्को सातावाट उत्पादन शुरु भएपछि केहि राहात हुन्छ । त्यतिन्जेल कसरी धान्ने भन्ने चिन्ता छ खनालले भने सबै तिर समन्वय गरेर अभाव हुन दिइन्न ।’

गैँडकोट ८ को अक्सिजन प्लान्टमा ग्यास भर्न लाइनवद्ध सिलिण्डर

Leave a Reply

Scroll to Top
%d bloggers like this: