चितवनको निषेधाज्ञा जेठ १३ सम्मलाई पुर्याइयो (के के खुल्ला गर्न पाइने के नपाईने सहित )

चितवन, वैशाख ३० । चितवनमा  जिल्लामा जारी निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै निषेधाज्ञाको अवधि थप गर्नुभएको हो ।

वैशाख १५ गते जारी निषेधाज्ञा भोलि सकिदै थियो । तर जिल्लामा कोरोना संक्रमितको संख्यामा कमी नआएको र संक्रमण फैलने दर पति तिव्र भएकाले निषेधाज्ञा थप गरिएको हो । विवाह व्रतवन्ध लगायत अन्य संस्कारजन्य कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा संचालन गर्न नपाईने तर घरमा संचालन गर्दा बढीमा १० जना नबढ्ने गरी जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

यो वाहेक अन्य सवै वन्देज यस अघिकै कायम रहनेछ । जिल्लामा आज मात्रै थप २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । आज थप भएका संक्रमित सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको सख्या ३ हजार २९९ पुगेको छ । ३ हजार ९८ जना होम आइसोलेसनमा, १९९ जना अस्पतालको आइसोलेसनमा र दुई जना संस्थागत आइसोलेसनमा उपचाररत छन । स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म कुल संक्रमितको संख्या १० हजार ६३८ पुगेको र जसमध्य ७ हजार १८५ निको भएका छन् । जिल्लामा हालसम्म १५४ जनाको मृत्यु भएको छ ।

aadesh_suchana_1.jpg

Leave a Reply

Scroll to Top
%d bloggers like this: