भरतपुर महानगरपालिका बल्ला तयार पार्यो अक्सिजन सहित १५ वेडको आइसोलेसन

चितवन, वैशाख ३० । चितवनको भरतपुर महानगरले १५ बेडको आइसोलेसन तयार पारेको छ । शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितको उपचारको लागि अक्सिजन सहित १५ बेडको आइसोलेसन तयार भएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।
आवश्यक अनुसार आइसोलेसन थप्दै जाने बताउँदै प्रमुख दाहालले संक्रमितको उपचारमा आवश्यक सम्पूर्ण सहयोग पु–याउने बताउनुभयो ।
महानगरवासी कोरोना संक्रमितको उपचारका लागि भरतपुर अस्पताल, क्यान्सर अस्पताल साथै मेडिकल कलेजहरू तथा अन्य निजी अस्पतालहरूसंग निरन्तर समन्वय गरी सहजीकरण गरिरहेको जानकारी दिनुभयो । कोभिड १९ का बिरामीहरूलाई अस्पतालसम्म लैजानका लागी महानगरपालिकाका ३ स्थानमा ४ वटा एम्बुलेन्सले निःसुल्क सेवा प्रवाह गरिरहेको छ । मगानगरपालिकाले शिवनगर स्वास्थ केन्द्रको आइसोलेसन निर्माणपछि शारदानगर स्वास्थ्य केन्द्रमा पनि १५ बेडको आइसोलेसन निर्माण गर्ने तयारी गरेको छ ।
कोभिड आइसोलेसनमा एक्सरे, प्रयोगशाला, इसिजी फार्मेसीलगायतका सेवा कोभिडका संक्रमितहरूले निःसुल्क पाउनेछन् । अस्पतालमा २ मेडिकल अधिकृत, नर्स तथा दक्ष प्राविधिकहरूले सेवा दिनेछन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: