फ्लेक्स प्रिन्टमा काम गर्नेको पनि प्रेस पास! चितवन प्रहरीद्धारा नियन्त्रण

चितवन, वैशाख ३० । निषेधाज्ञामा प्रेस पासको दुरुपयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गैडाकोट नगरपालिका ५ बस्ने बर्ष २२ का बिजय लामिछानेलाई पक्राउ गरेको हो ।

लामिछानेले आज दिउसो १२ बजेतिर समयमा भरतपुर ३ पुल्चोक मा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा म पत्रकारको रिपोटर हुँ भन्दै प्रेस रिपोटरको परिचय पत्र देखाएका थिए । फ्लेक्स प्रिन्टर मा प्रेस रिपोर्टर देखेपछि प्रहरीले निगरानी बढाएको थियो ।

शंका लागी थप सोधपुछ गर्दा आफू कुनै प्रेसको रिपोटर नभएको भनी स्विकार गरेको र त्यसपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सरोज गिरीले जानकारी दिनुभयो ।

उनको साथबाट बिजय लामिछाने रिपोटर लेखेको प्रेस आई डि कार्ड फेला परेको र थप अनुसन्धान भइरहेको गिरीले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: