संसदमा विश्वासको मतः जसमा पक्षमा पनि होइन विपक्षमा पनि : महन्थ ठाकुर

वैशाख २७ । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले प्रधानमन्त्रीले विश्वासको मतको पक्ष र विपक्षमा नरही तटस्थ रहेको बताउनुभएको छ । आफ्ना कयौँ नेता कार्यकर्ता, सांसद, मेयर उपमेयर जेलमा कोही तारेख धाइरहन परेको भन्दै लोकतन्त्र आउँदा पनि आफूहरु पीडामा रहेको बताउनुभयो ।

यो सवै संविधानमा भएको त्रुटीले गर्दा यो समस्या भएको र यो नसच्चिएसम्म तटस्थ बस्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली, शेरवहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्डले आफूहरुको माग सुन्ने र व्यवहारमा कार्यान्वयन नगर्नेका कारण समस्या भइरहेको बताउनुभयो ।

अझै पनि विभेदबाट पीडित रहेको भन्दै जातीय, क्षेत्रीय आधारमा पीडामा रहेको उहाँको भनाई थियो । अपराध गर्नेहरुले सजाय पाउनुपर्ने तर राजनीतिक निकासका लागि भएका आन्दोलनलाइ पनि अपराध ठान्ने अहिलेको संविधान संशोधन हुनुपर्नेमा उहाँको जोड थियो । महिला पुरुष वरावरी हुने गरी कानूनत व्यवहार हुनुपर्ने ठाकुरले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: