प्रचण्डको ओलीलाई कडा प्रश्न : यो संसदमा विश्वासको मत माग्ने नैतिकता छ र ?

वैशाख २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा प्रश्न गर्नुभएको छ । आफैले विघटन गरेको संसदबाट आफूलाई विश्वासको मत माग्न नैतिकताले दिन्छ त भन्दै प्रश्न गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेरनै जिउदै रहेका सांसदहरु मारिसकेको त्यो अवस्था सम्झदै त्यतिवेला नै आफ्नो कदम सच्याउन आग्रह गर्दापनि नमान्दा परिस्थिती यो भएको प्रचण्डको भनाई थियो ।

अदालतले दुई पार्टी बनाइदिएपछि त्यसको तीस दिनभित्रैमा ओलीले विश्वासको मत लिनु पर्दथ्यो तर ओलीमा नैतिकता नदेखिदा अहिले मागिएको विश्वासको मतको कसरी विश्वास लिने भन्दै प्रश्न गर्नुभयो ।

अहिलेको विश्वासको मत लिने प्राकृतिक नलाग्ने नाटकीय लाग्ने बताउनुभयो । यो अधिवेशन आह्वान गर्ने प्रकृया पनि संविधान सम्मत नभएको भन्दै नियमित अधिवेशन बोलाएर विश्वासको मत लिएको भए हुन्थ्यो त भन्दै सुझाव दिनुभयो ।

लोकतान्त्रिक विधि प्रकृया पद्धती नमानेर अर्कै कदम चाल्न खोजेको हो की भन्ने आशंका पैदा भएको प्रचण्डको भनाई थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: