संसदमा विश्वासको मतः इनफ इज इनफ,संविधानलाई कोरोना लाग्यो र यी दिन आए : प्रचण्ड

वैशाख २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले इनफ इज इनफ भन्दै राजीनामा दिएर सहज वातावरण बनाइदिन भनेको बताउनुभएको छ । संसद पुनस्र्थापना भएकै समय विश्वासको मत लिन सुझाव दिएको भन्दै तर ओलीलाई त्यसलाई नमानेर थप संविधान भत्काउन लागि परेको आरोप लगाउनुभयो ।

आफू संविधान निर्माणको एक हस्ती भएको भन्दै विगतका गलत परम्परा र विसंगतीहरु दोहोरिन नदिन संसद विघटन गर्न नपाउने गरी लेखेकै कुरालाई लत्याउँदा यो अवस्था आएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा आफूले त्यसको विपक्षमा मत दिन जाँदा दुख लागेको भन्दै यदी संविधान रक्षा गर्दै अघि वढेको भए त्यसमा आफूले ओलीलाई पूर्ण साथ र सहयोग गर्दै आइरहेको बताउनुभयो तर आफ्नो सुझाव सल्लाहा नमान्दै थप अराजकता ल्याउन उद्दत भएपछि यो अवस्था आएको प्रचण्डको भनाई थियो ।

पहिलो पटक आफैले कम्युनिष्ट एकता गरौँ भनेको र ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेको पनि आफै भएको तर तीन वर्ष वित्दा नवित्दै कम्युनिष्ट एकता क्षतविक्षत बनाएको र संविधानलाई त कोरोना लागेर आइसीयूमा राखेको जस्तो भएको बताउनुभयो । आज देशमा संकट देखा परेको र ती सवैको कारक ओली भएको प्रचण्डको आरोप थियो ।

साथै प्रचण्ड राष्ट्रिय समस्या भएको भन्ने ओलीको भनाई प्रति लक्षित गर्दै को सही हो भन्ने खुल्ला वहस गर्न आह्वान पनि गर्नुभयो । अहिलेको अवस्था आउनु ओलीनै जिम्मेवार भएको आरोप लगाउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: