मुख्यमन्त्रीको राजीनामा पछि गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

बैशाख २७ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएसँगै विशेष अधिवेशनको अन्त्य गरिएको छ । गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न आवश्यक नै नभएको भनी गण्डकी प्रदेशसभाको विशेष अधिवेशन प्रदेश प्रमुख सीता पौडेलले अन्त्य गर्नुभएको हो ।

प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरिसक्नुभएको । मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा दिएपछि विपक्षिहरु सरकार निर्माणमा सक्रिय भएका छन । सरकार बनाउन राष्ट्रिय जनमोर्चा निर्णायक शक्तिमा छ । उ सँग रहेका तीन सांसदले जता समर्थन गर्दछन् त्यतैको सरकार बन्ने पक्का छ ।

गण्डकी प्रदेश सभामा ६० सदस्य छन् । सरकार बनाउन ३१ जना सांसद आवश्यक पर्दछ । अहिले नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी गरी २७ सांसदले काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने गरी सहमत छन् । राष्ट्रिय जनमोर्चाका कारण हलो अड्कीएको बताइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: