आज बस्यो संवैधानिक परिषदको बैठक, लोकसेवालगायत आयोगमा नियुक्ति सिफारिस

बैशाख २६ । सभामुख र प्रमुख प्रतिपक्ष दलका नेता उपस्थित नहुँदा पनि बसेको संवैधानिक परिषद्ले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको छ।

परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिएको जानकारी अनुसार आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।
कुन कुन पदमा कसलाई सिफारिस गरियो भन्ने विस्तृत विवरण भने आउन बाँकी रहेको तिमिल्सिनाले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरा सहभागी थिए । सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै परिषद बैठक बस्न सक्ने गरी सरकारले संवैधानिक परिषद अध्यादेश ल्याएपछि कांग्रेसले उक्त अध्यादेशको विरोध गरिरहेको छ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: