अज्ञात समूहद्धारा करिव चार कठ्ठामा लगाइएको लौका नष्ट

चितवन, वैशाख २६ । चितवनको भरतपुर महानगरपालिका २५ मा रहेको युवा आधुनिक सामूहिक खेतीको ब्लक नम्वर ३ मा लगाइएको लौका हिजो अज्ञात व्यक्ति वा समूहले नष्ट गरेको छ ।

ब्लक नम्वरका ३ का सुजन बाजु भण्डारीले लगाउनुभएको लौका खेतीको बोटहरु काटेर अज्ञात व्यक्ति वा समूहले नष्ट गरिदिएको हो । आफूले करिव १० कठ्ठामा लौका खेती गरेको र त्यसमध्ये चार कठ्ठामा भएको ७० देखि ८० वटा बोट काटेर नष्ट गरिदिएको भण्डारीले बताउनुभयो ।
एक दुई दिनमै फल टिप्ने समयमा नष्ट गरिदिँदा करिव २ लाख क्षती भएको उहाँको भनाई छ । केही दिन अघि मात्रै खेताला लगाएर उत्पादन वृद्धि गर्ने छलफल भइरहदा सुनियोजित तरिकाले वोट फेदबाटै काटिदिएको उहाँको भनाई छ । बारीको अघिल्लोतरि सडक र पछाडी मकैवारी भएकाले मकैवारीतर्फको जग्गामा रहेको लौका पुरै काटेको छ ।

यस अघि पनि १० वटा चिचिण्डाको रुख उखेलेको तर थोरै संख्यामा भएको क्षतीतर्फ खासै ध्यान नदिँदा अहिले ठूलो क्षती व्यहोर्नु परेको उहाँको भनाई छ । घटना पछि स्थानीय प्रशासनलाई जानकारी गराएको र थप अनुसन्धान भइरहेको छ । लटरम्म फलेका लौकाको बोट नै नष्ट गरिदिएपछि आफूहरु समस्यामा रहेको उनीहरुको भनाई छ ।

फल लिने वेलामा भएको क्षतीले थप डर पैदा भएको भन्दै सुरक्षाका लागि गस्ती गर्ने योजना बनाएको युवा आधुनिक सामुहिक खेतीका अध्यक्ष लेखनाथ भुषालले जानकारी दिनुभयो ।

व्यक्तिगत वा संस्थागत रिसीइवी वा चेतनास्तर कमजोर भएको व्यक्तिबाट घटना भएको हुन सक्नेतर्फ सचेत रहेको भन्दै स्थानीय प्रशासन र जनप्रतिनिधिलाई घटनावारे जानकारी गराइसकेको उहाँले बताउनुभयो । लकडाउनको समय अभावका कारण उक्त घटना नभएको भन्दै फल एउटा पनि नटिपेको र लौकाको बोट मात्रै नष्ट गरिएको भुषालले जानकारी दिनुभयो ।

युवा आधुनिक सामुहिक खेतीमार्फत उक्त ठाउँमा १८ वटा व्लक बनाएर आधुनिक प्रविधि मार्फत खेती गरिएको छ । शिक्षित युवाहरु मिलेर अघिल्लो लकडाउन अघिबाट ५० विघा मार्फत खेती गर्न सुरु गरिएको उक्त ठाउँमा अहिले ११० विघामा तरकारी खेती गरिएको छ । पछिल्लो निषेधाज्ञाले उत्पादीत कृषि उपजले बजार नपाएको भन्दै सरकारसँग सहजीकरण गरिदिन उनीहरुले माग गरिरहेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: