कोरोना संक्रमणका कारण भरतपुरकी ५९ वर्षीय महिलाको मृत्यु

चितवन,वैशाख २५ । चितवनमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचार गराइरहदा भरतपुर ३ बाह्रघरेकी ती महिलाको आज विहान २ बजेर ४६ मिनेटमा मत्यु भएको हो । वैशाख १७ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन सीएमसीमा कोभिड १९ पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि आइसीयूमा भेन्टिलेटरको सहायताले उपचार हुँदै आएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: