कांग्रेस संसदीय दलको बैठक आज

वैशाख २५ । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । प्रमुख प्रतिपक्षी दल समेत रहेको काँग्रेसले वैशाख २७ गते बस्ने संसद विशेष अधिवेशनका लागि रणनीति तय गर्ने जनाइएको छ । उक्त दिन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गर्नुभएको थियो । बैठक दिउँसो दुई बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ ।

प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूचि रहेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: