चितवनमा दुई कोरोना संक्रमितको मृत्यु

चितवन, वैशाख २५ । चितवनमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा रत्ननगर नगरपालिका र नवलपुर जिल्ला गैंडाकोटका कोरोना संक्रमितको मृत्यु भएको हो ।
गयराति रत्ननगर १३ जयमंगलाका ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ५ गते अस्पताल भर्ना भएका ती पुरुषको शुक्रबार राति ९ः५५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई शुक्रबार मात्रै कोभिड आइसीयूमा भेन्टिलेटरको सहायतामा राखेर उपचार थालिएको थियो । त्यस्तै उपचारको क्रममा गैंडाकोट नगरपालिका–११ मुन्नाटोल बस्ने ९४ वर्षीय पुरुषको आज विहान १ः४५ बजेको समयमा मृत्यु भएको छ । वैशाख १४ गते अस्पताल भर्ना गरिएको उनलाई भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: