कोरोना सङ्क्रमणबाट पूर्वमन्त्री पहाडीको निधन

बैशाख २३ । कोरोना संक्रमणका कारण पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन भएको छ । भेरी अस्पतालमा उपचार गराइरहनुभएका पहाडीको गएराति ७७ वर्षको उमेरमा निधन भएको अस्पतालले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको निवासमा होम आइसोलेशनमा रहनुभएका पहाडीलाई स्वास्थ्यमा समस्या भएपछि हिजो मात्रै अस्पताल भर्ना गरिएको हो ।

डोल्पाबाट निर्वाचित सांसद पहाडी २०५३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिलो कानुन राज्यमन्त्री र पछि वन तथा भू(संरक्षण र आपूर्ति मन्त्री बन्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: