चार सांसदलाई कोरोना सङ्क्रमण पुष्टि

वैशाख २३ । प्रतिनिधि सभाका चार सदस्य र सङ्घीय संसद् सचिवालयका दुई कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आउँदो २७ गते बोलाइएको संसद् बैठकमा सहभागी हुनेहरुको पीसीआर परीक्षण गरिएको हो । सोही क्रममा चार सांसद र संसद् सचिवालयका दुई कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो ।

हिजो सभामुखसहित एक सय २८ जना सांसदको पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै संसद्का कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत गरी चार सय ८१ जनाको पनि पीसीआर परीक्षण गरिएको थियो ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको हो । आफूलाई विश्वासको मत दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसँग आग्रह गर्नुभएको थियो । हिजो सभापति शेरवहादुर देउवासँग भेट गरी मत माग्नुभएको हो । तर नेपाली काँग्रेसले सत्ता सहकार्य गर्न नसक्ने भन्दै मत नदिने बताएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: