चितवनमा पाँच कोरोना संक्रमितको मृत्यु

चितवन, वैशाख २४ । चितवनमा आज मात्रै पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिजाञ्जली ढकालले होम आइसोलेसनका सहित पाँच जनाको मृत्यु भएको बताउनुभयो । भरतपुर महानगरपालिका वडानम्वर १८ का ७१ वर्षीय पुरुषको आज विहान होम आइसोलेसनमा मृत्यु भएको छ भने माडी नगरपालिकाका ३५ वर्षीय पुरुष झुण्डिएर देह त्याग गरेका थिए ।
त्यस्तै चितवन मेडिकल कलेजमा उपचार गराइरहेका मध्ये कपिलवस्तुका ६७ वर्षीय महिला, नवलपुर गैँडाकोट २ का ७३ वर्षीय पुरुष र तनहुँ जिल्ला भानु नगरपालिकाका ६५ वर्षीय महिलाको मृत्यु भएको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: