चौविस घण्टामा चितवनमा १० कोरोना संक्रमितको मृत्यु

चितवन, वैशाख २२ । चितवनमा पछिल्लो चौविस घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाका तीन अस्पतालमा गरी उक्त संख्यामा संक्रमितको मृत्यु भएको हो । भरतपुर अस्पतालमा मात्रै चार जनाको मृत्यु भएको छ । जसमा रुपन्देही जिल्लाका ४० वर्षीय पुरुष, भरतपुर ४ का ६२ वर्षीय पुरुष, भरतपुर २५ का ४५ वर्षीय पुरुष र मकवानपुर हेटौँडाका ४३ वर्षीय पुरुष रहेका छन् ।

चितवन मेडिकल कलेजमा पाँच जना संक्रमितको मृत्यु भएको छ । जसमा भरतपुर ८ का ६५ वर्षीय पुरुष,रुपन्देहीका ४२ वर्षीय दुई जना पुरुष, ५८ वर्षीय महिला, नवलपुर गैँडाकोटका ५८ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै पुरानो मेडिकल कलेजमा भरतपुर महानगरपालिका ११ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको स्वाव संकलन पश्चात मृत्यु भएको थियो भने उक्त स्वाको रिर्पोट आज पोजेटिभ आएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गितान्जली ढकालले जानकारी दिनुभयो । जिल्लामा आज मात्रै २५० जना नयाँ संक्रमित थपिएका छन् ।

जसमा भरतपुर महानगरपालिकाका मात्रै २१५ जना रहेका छन् । यो सँगै जिल्लामा सक्रिय संक्रमितको सख्या १ हजार ६ सय ३९ पुगेका छन् भने कुल संक्रमितको सख्या ८ हजार ७ सय पुगेको छ। जिल्लामा हाल सम्म मृत्यु हुनेको कुल सख्या १२५ पुगेको छ भने ६ हजार ९३६ जना निको भएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: