भरतपुर अस्पतालमा थप १ सय ३० सङ्क्रमित थपिए

वैशाख २२ । भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालामा २ सय २४ नमुना परीक्षण गर्दा १ सय ३० सङ्क्रमित थपिएका छन् ।
संक्रमण पुष्टि हुनेमा अधिकांश युवाहरू रहेका छन् ।
२२४ नमुना परीक्षण गर्दा जिल्लाका १०१ जना र बाहिरी जिल्लाका २९ जना गरी १३० जनामा संक्रमण देखिएको भरतपुर कोभिड प्रयोगशालाले जनाएको छ ।
थपिएका संक्रमतिमध्ये अधिकांश भरतपुर महानगरपालिकाका ४६ पुरुष र ४२ महिला गरी ८८ जना, रत्ननगर नगरपालिकाका ८ जना, कालिका नगरपालिकाका १ , खैरहनीह नगरपालिका २ तथा माडी नगरपालिकाका २ जना छन् । बाँकी २९ जना संक्रमित नवलपुर, गोरखा, नुवाकोट, पर्वत, काठमाडौं र बाराका रहेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: