बैतडीमा पोष्टमार्टमका लागि शव बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

वैशाख २१ । बैतडी जिल्लामा वडा सदस्यको शव पोष्टमार्टमका लागि लिएर जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से १ ज १८३ नम्बर जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६ का २७ वर्षीय हिक्मत भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, ४० वर्षीय दीपक भण्डारी र ५० वर्षीय जितसिंह भण्डारीको मृत्यु भएको हो। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: