चौविस घण्टामा भरतपुर अस्पतालमा मात्रै चार संक्रमितको मृत्यु

चितवन, वैशाख २१ । चितवनको भरतपुर अस्पतालमा पछिल्लो चौविस घण्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सहायक सूचना अधिकारी नारायण प्रसाद रिजालका अनुसार भरतपुर महानगरपालिका वडानम्वर २२ पटिहानीका ७४ वर्षीय पुरुषको बिहान ७ बजेर २१ मिनेटमा र कालिका नगरपालिका वडा नम्बर ५ का ९५ वर्षीय पुरुषको राति १२ बजे मृत्यु भएको हो ।

साथै एकजना बेवारिसे र एक जना धनुषाका कोरोना संक्रमितको मृत्यु भएको हो । सवै जनाको उपचारका क्रममा मृत्यु भएको रिजालले जानकारी दिनुभयो । वेवारिसे वनेको व्यक्तिको आफन्तको खोजी भइरहेको उहाँको भनाई छ ।

कोभिड १९ संक्रमितका लागि अस्पतालले १३५ वेड छुट्याएको छ । जसमा १ सय वेड जेनरल, १० वेड आइसीयू र २५ वेड एचडीयू रहेका छन् । अहिले आइसीयूका १० वटै वेड विरामीले भरिएका छन् । २५ वेड एचडीयूमा १९ जना, १०० जनरल वेडमा ६७ जना गरी ९६ जना अहिले भरतपुर अस्पतालमा मात्रै उपचारत रहेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: