चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो

वैशाख १९ । चितवनमा कोरोनाका संक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य कार्यालयका अनुसार आज थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ७० पुगेको छ । संक्रमित मध्ये ९२ प्रतिशत होम आइसोलेसनमा रहेका छन् । ९८२ जनाको होम आइसोलेसनमा र ८८ जनाको अस्पताल आइसोलेसनमा उपचार चलिरहेको छ ।

संक्रमित मध्ये सवैभन्दा धेरै भरतपुर महानगरपालिकाका ८९० जना रहेका छन् । रत्ननगर नगरपालिकाका ८७, खैरहनी नगरपालिकाका ३२,राप्ती नगरपालिकाका २४,माडी नगरपालिकाका १६,कालिका नगरपालिकाका १२ र इच्छाकामना गाउँपालिकाका ९ जना रहेका छन् ।
आज मात्रै भरतपुर महानगरपालिकाका ६८ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा कुल संक्रमितको संख्या ८ हजार ४६ पुगेको छ । जसमध्ये ६ हजार ८ सय ५९ जना निको भइसकेका छन् । जिल्लामा हालसम्म ११७ जनाको मृत्यु भएको छ । कोभिड १९ को दोस्रो लहर तिव्र फैलिएसँगै जिल्लामा वैशाख १६ को मध्यरातिदेखि १५ दिनका लागि निषेधाज्ञा जारी रहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: