कोरोना संक्रमण रोक्न सीसीएमसी बैठकका १२ निर्णय

वैशाख १८ । कोभिड१९ क्राइसीस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी०को शुक्रबार बसेको बैठकका निर्णय शनिबार सार्वजनिक भएका छन्।

-निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला सहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चातलन गर्ने, नेपाल राष्ट्रस बैंकले यसमा सहजीकरण गर्ने।

-अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चारलन गर्ने।

-काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने।

-कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चाालन गर्ने।

-कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री ९मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन० उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चािलन गर्ने।

-सार्वजनिक निर्माणका कार्यहरूमा संलग्ना श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माणका कार्य सुचारु राख्ने।

-आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका चालक र सहयोगीलाई आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा सवारी साधन सञ्चालन गर्ने।

-काठमाडौं उपत्यकाको हकमा पर्यटन विभाग, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्वा्रेन्टिनमा बस्नेहरूको नियमित अनुगमन गर्ने, अन्य जिल्लाको हकमा प्रदेश र स्थानीय तहले सम्बन्धित निकायहरू अनुगमन गर्ने।

-होम क्वारेन्टिनमा बसेकाहरूको सम्बन्धमा स्थानीय तहले अनुगमन गर्ने।

-होटेल क्वारेन्टिनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल म्भउयचत गर्ने प्रक्रिया अघि बढाउने।

-होटेल क्वारेन्टिनको नियम पालना नगर्ने नेपाली नागरिकलाई कानुनबमोजिम जरिवाना गर्ने।

-होटेल क्वारेन्टिनको व्यवस्थापनमा लापरवाही गर्ने सम्बन्धित होटेल सञ्चारलकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने।

-आमसञ्चार माध्यमलाई कोभिडविरुद्धका जनचेतनामूलक सन्देश प्रसारितर प्रकाशित गर्न अनुरोध गर्ने।

-सम्बन्धित स्थानीय तहले टोलटोलमा कोभिडविरुद्धको जनचेतनाका लागि नियमित माइकिङ गर्ने।

Leave a Reply

Scroll to Top
%d bloggers like this: