कोरोनाको लक्षणपछि एमाले नेता झलनाथ खनाल अस्पतालमा भर्ना

वैशाख १८ । कोरोनाकोलक्षण देखिएपछि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उहाँराजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको फेसवुक मार्फत जानकारी गराउनुभएको छ।उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार खनाललाई अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्थाबारे अस्पतालले औपचारिक विज्ञप्ति निकालेर जानकारी दिनेछ । स्वास्थ्यमा समस्या आएको भन्दै खनाल वैशाख १५ गतेको खनाल नेपाल पक्षीय स्थायी कमिटी बैठकमा पनि सहभागी हुनु भएको थिएन ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: