गण्डकीमा मन्त्रिपरिषद् विस्तार– दीपक मनाङ्गे खेलकुद मन्त्री

बैशाख १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। उहाँले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाउनुभएको हो।

उहाँलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिनुभयो। हिजो मात्रै मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्तावमा मतदान हुने तोकिएपनि राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही वेपत्ता भएपछि संसद वैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।
गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ । आफ्नो स्वाथ्यमा सुधार आइरहेको भन्दै उनले थप स्वस्थ भएपछि आफ्नो विषयमा उठेका प्रश्नहरुबारे प्रष्ट पार्ने समेत बताउनुभयो ।

बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भइरहँदा प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएका थिए । त्यही कारण सभामुखले प्रदेशसभा बैठक स्थगित गरेका थिए ।तर शाही चरक अस्पतालको आईसीयूमा भर्ना भएको भेटिएको छ । प्रदेशसभाले गरेको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएपनि एक निजी ल्याबमा गराएको परीक्षण रिपोर्ट पोजेटिभ छ ।शाहीले पनि सदनमा जाने तयारी गरिरहेका बेला अचानक बिरामी भएको र भाइले अस्पताल लगेको बताएका छन् । बिहीबार अस्पतालबाट वक्तव्य जारी गर्दै राष्ट्रिय जनमोर्चाका सांसद शाहीले भनेका छन्, ‘म अहिले उपचाररत छु, हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु ।’

Leave a Reply

Scroll to Top
%d bloggers like this: