चितवनमा गैँडा मृत फेला

वैशाख १६ । पछिल्लो गैँडा गणनापछि चितवन राष्ट्रिय निकुञ्जमा आज एक गैँडा मृत फेला परेको छ । निकुञ्जको कोर इलाका सुखिभार कम्प्लेक्स बुढि राप्ती क्षेत्रको फाँटमा करिव ३० वर्षको भाले गैँडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

मृत गैँडाको खाग खुर सुरक्षित् रहेको उहाँको भनाई छ । चालु आर्थिक वर्षको हालसम्म ३१ वटा गैडा को मृत्यु भएको छ । ती मध्ये ४ वटा गैँडा चोरी सिकारका कारण र २७ वटा गैँडा प्राकृतिक कारण मरेका छन् ।

उक्त गैडा निकुन्ज प्राविधिकको नियमित निगरानीमा सोहि क्षेत्रमा विचरण गरिरहेको थियो । प्रारम्भिक परिक्षणको आधारमा प्राकृतिक कारण मृत्यु भएको अनुमान गरिएको छ ।

पछिल्लो पटकको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् । निकुञ्जको सुखिभार क्षेत्रमा सबैभन्दा बढी गैडाको बसोबास रहदै आएको छ ।

तस्बिर : साकेतिक

Leave a Reply

Scroll to Top
%d bloggers like this: