नगर अस्पताल गैँडाकोटको प्रमुखमा इन्द्रराज शर्मा

वैशाख १५ ।

जनस्वास्थ्य अधिकृत इन्द्रराज शर्मालाई नगर अस्पताल गैँडाकोटको प्रमुखको जिम्मेवारी दिइएको छ । डा.रमेश प्रसाद आचार्यको स्याङ्जा जिल्लामा सरुवा भएपछि शर्मालाई जिम्मेवारी दिइएको हो ।

डा. आचार्य गत वर्षको वैशाखमा नगर अस्पताल गैँडाकोटको प्रमुखमा रहेर आफ्नो भूमिका निभाउँदै आउनुभएको थियो । यही वैशाख ९ गते आचर्याको सरुवा भएको थियो । शर्मालाई वैशाख १३ गतेदेखि लागूहुनेगरी जिम्मेवारी प्रदान गरिएको हो । शर्माले आजदेखि हाजिर गर्दै आफ्नो जिम्मेवारी सम्हाल्नुभएको हेल्थ असिस्टेण्ट माधव आचार्यले जानकारी दिनुभयो ।

शर्मालाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम गैँडाकोट ११ का वडाअध्यक्ष गोविन्द सुवेदीले फूल दिएर स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
भौतिक संरचनामा अव्वल नगर अस्पतालमा जनशक्तिको अभाव भएकाले यसैको व्यवस्थापन सहित स्वास्थ्यकर्मीहरुलाई खुशी र उत्साह जगाउँदै जनमैत्री सेवा दिन आग्रह गर्नुभयो । स्रोत व्यवस्थापन सहित अस्पतालका सेवाहरु सरल र सहजै जनताले पाउने गरी काम गर्न उहाँको आग्रह थियो ।

पछिल्लो मन्त्रीपरिषद वैठकले जग्गा अस्पतालको नाउँमा भोग गर्न दिएको र भवन निर्माणको टेण्डर भएको सुवेदीको भनाई छ । कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले अस्पताल संचालनको समेत अनुभव रहेको शर्माले नगर अस्पताललाई थप उचाइमा पुर्याउने बताउनुभयो । अस्पतालको विकासका लागि नगरले वार्षिक अनुदान उपलब्ध गराए थप सहज हुने र त्यसका लागि आफ्नो पहल रहने बताउनुभयो ।
कार्यभार सम्हाल्दै अस्पतालका प्रमुख शर्माले कोभिड १९ को विषम परिस्थिती फेरि आउन लागेको भन्दै भएका जनशक्तिले महवत्पूर्ण जिम्मेवारी वहन गर्ने र थप जनशक्ति सहित स्रोत व्यवस्थापनमा आफू केन्द्रीत रहने बताउनुभयो ।

डा. आचार्यको सरुवा पछि अस्पतालमा अहिले दुई जना चिकित्सकले सेवा दिइरहनुभएको छ । अस्पतालमा अहिले नेपाल सरकारको छात्रवृत्ति करारमा दुई जना डाक्टर,हेल्थ असिटेण्ट पाँच जना, अहेव एक जना, अनमी चार जना, कार्यालय सहयोगी तीन जना, रेडियो ग्राफर १ जना ,ल्याव टेक्निसीयन २ जना, असिण्टेण्ट एक जना र दुई जना सुरक्षा गार्ड सहितले अस्पतालको सेवा दिइरहेको हेल्थ असिटेण्ट माधव आचार्यले जानकारी दिनुभयो ।

फागनु १५ गते उद्घाटन गरिएको नगर अस्पतालबाट अहिले अस्पताल स्तरीय सेवाहरु चौविसै घण्टा इमरेजेन्सी, विहान ६ वजेदेखि वेलुका ७ बजेसम्म प्रयोगशाला सेवा,चौविसै घण्टा एक्सरे सेवा, चौविसै घण्टा फार्मेसी सेवा, चौविसै घण्टा प्रसुती सेवा, हरेक सोमवार विशेषज्ञद्धारा भिडियो एक्सरे सेवा, हरेक दिन विहान १० देखि ४ जबेसम्म ओपीडी सेवा सहित परिवार नियोजन, गाउँघर क्लिनिक, पोषण,खोप क्लिनिक, महिला स्वास्थ्य स्वयम्सेविका लगायत सेवा दिइरहेको छ । चौविसै घण्टा एम्वुलेन्स सेवा उपलब्ध गराएको अस्पतालले प्रयोगशाला सेवा चाँडै नै चौविसै घण्टा उपलब्ध गराउने पहल गरिरहेको छ ।

अस्पतालको भौतिक संरचना निर्माणपछि दरवन्दी स्वीकृत हुने र सेवा थप बढाउने अस्पतालको योजना छ । जनशक्तिको अभावका कारण अहिले भर्ना गरेर विरामी राख्ने सम्भावना कम छ । न्यूनतम नर्सिङ ४,५ जना, पारामिेडिक्स ४, ५ जना, ३ देखि ५ जना विशेषज्ञ सहितको डाक्टरको जनशक्ति उपलब्ध भए उक्त सेवा दिन कुनै कठिनाई नहुने अस्पतालका सूचना अधिकारी समेत रहनुभएका आचार्यले जानकारी दिनुभयो ।

अस्पताल संचालन कार्यविधि बनाएर १५ वेडमा संचालन गर्ने र अहिले दैनिक ६० देखि ७० ओपीडिमा, ८५ देखि ९० जना मूल दर्तामा विरामी आउने गरेका छन् । दरवन्दी स्वीकृत भए नवौँ र दशौँ तहको चिकित्सक सहित पर्याप्त स्वास्थ्य सामाग्रीहरु पनि प्राप्त हुने बताइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: