घुस सहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालय प्रमुख नै पक्राउ

वैशाख १४ । घुस रकम सहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालय कार्यान्वयन इकाई, स्याउ जोन डोल्पाका कार्यालय प्रमुख पक्राउ परेका छन् ।

कर्याालय प्रमुख हसमुल्ला खाँ रु. २५,०००।– घुस÷रिसवतसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । खाँले दाँते ओखरको बिरुवा उत्पादन गरे वापत कृषकलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको लागि घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट टोली खटिएको थियो ।

 

उक्त टोलीले खाँलाई रु. २५,०००।– (पच्चीस हजार रुपैयाँ) घुस÷रिसवत लिइसकेको अवस्थामा उक्त घुस÷रिसवतसहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ प्रवक्ता नारायण प्रसाद रिसालले जानकारीदिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: