आज थप ४५२४ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

वैशाख १४ । आज थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६२२५ जना पुगेको छ ।

कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।

कुन जिल्लामा कति संक्रमित ?

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौँमा १६०२, बाँकेमा ५१५, रुपन्देहीमा ३८३, ललितपुरमा २४०, दाङमा २३० जना, कास्कीमा १२९, भक्तपुरमा १२४ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै बर्दिया र मोरङमा ८६र८६ जना, चितवनमा ८०, सुर्खेतमा ७४, मकवानपुरमा ७२, पर्सामा ६७, सुनसरीमा ५१, कञ्चनपुरमा ४६, पाल्पामा ४५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १०२ ‍बालबालिकामा र १० देखि १९ वर्षसम्मका २८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: