प्रहरी भन्छ : तपाईको मास्क खोइ ?

वैशाख १४ । चितवन प्रहरीले तपाईको मास्क खोइ अभियान संचालन गरिरहेको छ । पछिल्लो समय फैलिएको दोस्रो चरणको भाइरसबाट बच्न स्वास्थ्य मापदण्ड अन्तर्गतको मास्क लगाउने सचेतना फैलाउन यो अभियान जारी राखेको हो ।

आज सामुदायिक प्रहरी साझेदारी अभियान अन्तर्गत ईच्छाकामना गाउँपालिका वडा नं.५ स्थित इलाका प्रहरी कार्यालय मुग्लिङ चितवन र ट्राफिक प्रहरी कार्यालय मुग्लिङ चितवनको संयुक्त आयोजनामा ई.प्र.का.मुग्लिङ चितवनका मास्क समेत वितरण गरिएको छ ।

साना तथा ठूला सवारी साधनहरुका चालक÷सहचालक र यात्रु तथा पैदल यात्रीहरु समेत गरी करिव १०५ जनालाई मास्क लगाउन अनुरोध सहित करिव ९० थान मास्क निशुलक वितरण गरिएको हो । हाल विश्वमहामारीको रुपमा फैलिएको नोभल कोभिड–१९ सम्बन्धी सचेतनामूलक“तपाईको मास्क खोई ? ” कार्यक्रम सम्पन्न गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: