भारत–नेपाल सीमाको त्रिवेणी नाका बन्द

वैशाख १४ । कोरोना भाइरसको संक्रमण तिव्र हुँदै जाँदा भारतसँगको सीमा त्रिवेणी नाका वन्द गरिउको छ । पूर्वी नवलपरासीको नवलपुरमा भारतसँग सीमा जोडिएको त्रिवेणी नाका कोरोनाको दोस्रो लहर देखिन थालेपछि पुनः बन्द गरिएको हो ।

भारत जाने र नेपाल आउन चाहने सबैलाई प्रवेश निषेध गरिएको छ । खुला सीमाका कारण हुने अवैध आउजा बन्द गरिएको नवलपुर प्रशासनले जनाएको छ । पूर्वी नवलपरासीमा पछिल्लो १ सातामै कोभिड(१९ का संक्रमितको दर बढ्न थालेपछि बिरामी राख्ने अस्पतालको तयारी तीव्र पारिएको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार जिल्ला अस्पताल मध्यबिन्दु अस्पतालमा ६ बेडको आइसोलेसन कक्ष र ६ बेडको आइसियु कक्ष तयारी अवस्थामा राखिएको छ । त्यसैगरी जिल्ला अस्पतालमै थप १२ बेडको आइसोलशन कक्ष तयार भइरहेको छ ।

सोमबार बसेको नवलपुर जिल्ला स्तरको विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाभित्रको पालिका स्तरका सबै अस्पतालाई कम्तीमा ५ देखि १० बेडको आइसोलेसन कक्ष तयार गर्न निर्देशन दिइएको छ ।

जिल्लामै मध्यविन्दु अस्पतालमा दैनिक ३ सय जनासम्मको स्वाब परीक्षण गर्न सकिनेछ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईंका अनुसार जिल्ला अस्पतालमा रहेको पिसिआर मेसिनमा १ पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिनेछ भने कर्मचारी पर्याप्त भए दैनिक ३ पटक सम्म गरी ३ सय हाराहारी दैनिक स्वाब परीक्षण गर्न सकिनेछ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: