जाने होइन चिसो हावा र मनोरम दृश्यका लागि मुकुन्दसेन दरवार ?

वैशाख १४ । यही वैशाख ७ गते मणिमुकुन्दसेन दरवार परिसरमा निर्माण गरिएको सिद्धेश्वरी भगवती माता भवानी मन्दिरको उद्घाटन गरेपछि यो ठाउँको थप चर्चा चुलिएको छ । गर्मीको समय चिसो हावा र मनोरम फाँट तथा नारायणी नदीलाई पछाडी पार्दै फोटो खिच्न र सेल्फिका लागि राम्रो ठाउँ रहेको छ ।

मणिमुकुन्दसेन दरवार संरक्षण संस्थाको प्रथम साधरण सभा तथा अधिवेशनको अवसर पारी गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले उक्त काष्ठ मन्दिरको यस अघिनै उद्घाटनसँगै गणेश र भगवतीे मुर्तिको अनावरण समेत गर्नुभएको छ ।


मन्दिरको उद्घाटन गर्दै नगरप्रमुख पौडेलले गैँडाकोटमा आन्तरिक र वाह्य पर्यटक भित्राउने पर्याप्त आधार रहेको बताउँदै यहाँका प्रशिद्ध मन्दिरहरुवीच समन्वय गरेर धार्मिक करिडोर बनाई थप प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । मौलाकालिका, मुकुन्दसेन दरवार, हनुमान मन्दिर हुँदै कैलाश सन्यास आश्रमसम्मको अवलोकन गराउन सक्ने योजना सहित अघि बढ्न नगरपालिका तयार रहेको बताउँदै तरवारको पुरात्व विभागद्धारा उत्खनन् गरी त्यसको विकासमा जोड दिनुभयो । दरवार संरक्षण संस्थाले लिखित रुपमा उत्खनन्को माग गरे त्यसमा आफू तयार रहेको र यसको वाँकी संरचना निर्माणमा बजेट विनियोजनका लगि पहल रहने बताउनुभयो ।

कार्यक्रममा बोल्दै गैँडाकोट ३ का वडाअध्यक्ष शिवकान्त तिवारीले दरवार गैँडाकोट ३ मा पर्ने बताउनुभयो । भुगोलको हिसावमा गैँडाकोट ३ मा पर्ने भएपनि यसको विकासमा सवैको भूमिका रहने बताउनुभयो । दरवारको विकासमा भूमिका खेल्ने सवैलाई उहाँले धन्यवाद दिनुभयो । कार्यक्रममा गैँडाकोट ९ का वडअध्यक्ष प्रेम प्रसाद सापकोटा, सव डिभिजन कार्यालय गँैडाकोटका प्रमुख सुर्य सिँह गुरुङले कम बोल्ने धेरै काम गर्ने बानीको विकास गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै मौलाकालि सामुदायिक वनका अध्यक्ष काशिनाथ कडेँलले दरवार परिसरमा शौचालय, खानेपानी, बत्तीको अभाव रहेकाले यसको व्यवस्थापनमा नगरपालिकाको ध्यानाकर्षण गराउनुभयो । आएको बजेटले दरवार सम्म पुग्न गोरेटो निर्माण गरेको भन्दै थप बजेट भए अन्य संरचनाको विकास गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै गैँडाकोट ११ का वडाअध्यक्ष एवम कार्यक्रमका सभापति गोविन्द सुवेदीले घुम्न आउनेक्रममा भग्नावशेषको अवस्थामा दरवार देखेपछि यसको संरक्षण र विकासको लागि धेरै काम गरेको बताउनुभयो । दरवार भौगोलिक रुपमा गैँडाकोट ३ मा परेपनि अव वन्ने समितिमा वडानम्वर ३, १० र ११ का काम गर्ने व्यक्तिहरु समावेश गरी यसको प्रचारप्रसारमा जोड दिनुभयो । यो मेरो वडामा पर्छ पर्दैन भन्नेतर्फ नभई सवैले अपनत्व लिई विकासमा सक्रिय हुन उहाँको आग्रह थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष माधव प्रसाद कोइरालाले हालसम्मको आर्थिक अवस्थावारे जानकारी गराउनुभएको थियो भने सचिव मनिलाल अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष गोविन्द कोइरालाले स्वागत गर्नुभएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषाल, भेडावारी सामुदायिक वनका अध्यक्ष गुरुप्रसाद पौडेल, नारायणी सामुदायिक वनका अध्यक्ष दिनानाथ त्रिपाठी, मुकुन्दसेन युवा क्लवका अध्यक्ष नरेश काफ्ले लगायत स्थानीयको सहभागीता रहेको थियो ।

समुन्द्री सतहबाट ८०८ मिटर उचाईमा रहेको दरवारबाट नवलपुर, चितवनका फाँटा अवलोकन गर्न सकिन्छ भने मौसम खुले हिमाल समेत देख्न पाइन्छ । दरवार पुग्न जयश्री सामुदायिक वनको तात्रीवासबाट, नारायणी वनको थुम्सीबाट मोटरसाइक सहित कच्ची सडक हुँदै सानो गाडीमा पनि उही पुग्न सकिन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: