चितवनमा स्थानीय जनगणनाका कार्यक्रमलाइ तिव्रता

चितवन, वैशाख १३ । स्थानीय जनगणना कार्यलय स्थापनापछि चितवनमा सचेतनाका कार्यक्रमलाइ तिव्र पारिएको छ । मेरो गणना मेरो सहभागीताको नारा सहित सुरु हुन लागेको १२ औँ राष्ट्रिय जनगणनालाई त्रुटिरहित बनाउन सचेतना कार्यक्रमलाई तिव्र पारिएको जिल्ला जनगणना अधिकृत यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो ।
हरेक दश दश वर्षमा हुने गणनाको यो पटक घर तथा घर परिवार लगत सूचिकरण,मूख्य प्रश्नावली र सामूदायिक प्रश्नावली समेत समावेश भएकाले त्रुटि हुन नपाउने गरी कार्यक्रमलाई जोड दिइएको हो । गत वैशाख १ गते जिल्लामा सात वटा स्थानीय जनगणना कार्यलय स्थापना गरिएको थियो । त्यसपश्चात जिल्लाको राप्ती,रत्ननगर,कालिका र माडीमा यसअघिनै र आज गितानगरमा स्थानीय सचेतना कार्यक्रम गरिएको हो ।
आज भरतपुर महानगरपालिका ६ गितानगरमा रहेको स्थानीय जनगणना कार्यालयले कार्यक्रम सम्पन्न गरेको हो । यो कार्यालयले महानगरका ९ वटा वडा जसमा वडानम्वर ५,६,७,८,१३,१४,१५, र २२ र २३ हेर्ने गर्दछ ।
कार्यक्रममा भण्डारीले जनगणनामा जनप्रतिनिधिको भूमिका सहित १२ औँ जनगणनाको महत्व, यस पटक समावेश गरिएका प्रश्नावली, विधि र प्रकृयावारे जानकारी गराउनुभएको थियो । जिल्लामा २१० जना सुपरीवेक्षक र ८५७ जना गणक आवश्यक पर्नेमा सुपरीवेक्षकको नतिजा सार्वजनिक भइसकेको बताउनुभयो । साथै जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका भएकाले जनगणना सफल बनाउन आग्रह समेत गर्नुभयो ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतीवडाले महानगरमा तथ्यगत सूचना आउने गरी जनगणनाको काम अघि बढाउने बताउनुभयो । खतीवडाकै अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका ६ का वडाअध्यक्ष हरिविलास कोइरालाको प्रमुख आतिथ्यता सहित जनप्रतिनिधि, प्रहरी, स्थानीयको सहभागीता रहेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: