भरतपुर ओरालोको नजिक अश्लिल हर्कत गरेको आरोपमा तेस्रो लिँगीहरु पक्राउ

 

चितवन, वैशाख १३ । जिल्ला प्रहरी कार्यालय चितवनले छ जना तेस्रो लिंगीहरुलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडानम्वर ३ ओरालो नजिक बसेर रातको समय अश्लिल गतिविधि गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । उनीहरुले यौन गतिविधिका लागि वार्गेनिङ गर्ने र विकृत जन्य क्रियाकलपा थप बढाउँदै लगेको स्थानीयले गुनासो गर्दै आइरहेका थिए ।

रातको समयमा तेश्रो लिंगीहरूले बाटोमा हिँड्ने सर्वसाधारणलाई सामाजिक मर्यादा विपरीत अश्लिल हर्कत तथा गतिविधी गर्ने र हो–हल्ला गरी समाजमा शान्ति सुरक्षामा असर पुग्ने खालको क्रियाकलाप गरेकोले पक्राउ गरिएको प्रहरीको भनाई छ।

वैशाख १२ गते राती प्रहरी टोलिले पक्राउ गरेको र उनीहरु उपर मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहार कसुरमा थप अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: