माडीमा परीक्षा र भौतिक उपस्थितीको पढाई बन्द

वैशाख १३ । चितवनको माडी नगरपालिकामा सवै परीक्षा स्थगित गरिएको छ ।

नगरप्रमुख ढाकुरप्रसाद ढकालले एक सूचना जारी गर्दै सवै परीक्षा स्थगित भएको र भौतिक उपस्थिती सहितको पढाई अनिश्चित कालका लागि वन्द गरिएको छ । भर्चुअल विधिबाट पठन पाठन गर्न भने आग्रह गरिएको छ ।

नगरभित्र हालसम्म १५० जना कोरोना संक्रमित मध्य ३ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । १ जनाको मृत्यु भएको थियो भने १४६ जना निको भइसकेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: