पुर्र्बी नवलपरासी र पश्चिममा ९८ प्रतिशत नीजि संरचना निर्माण

नवलपुर, वैशाख १३ । जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले कुनै पनि विपद् बाजा बजाएर अर्थात जानकारी दिएर नआई अचानक जुनसुकै समयमा पनि आउने भएकाले सजग रहनु पर्नै बताउनु भयो ।
२०७२ साल बैशाख १२ गते गोरखा केन्द्रविन्दु बनाएर आयको भुकम्पको छैँठौ स्मृति दिवस कार्यक्रमलाई हिजो सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । उहाँले छ बर्ष अगाडि गएको भुकम्पलाई विस्तारै विर्सदै जान थालेको र भवन निमार्ण गर्दा भुकम्परहित बनाउनु पर्छ भन्ने ज्ञानमा कमि भएको भन्दै जनस्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकारण केन्द्रिय आयोजना कार्यन्वयन इकाई गुनासो शाखा अधिकृत लाल बहादुर बस्नेतले भुकम्प पछिको पुननिमार्णमा आफुहरुलाई कार्य गर्न कठिन भएको बताउनु भयो । सबैतिरबाट कहिले हुन्छ हामि कहाँ जाने भन्न्ो गुनासो धेरै आउने गरेको भए पनि सबै क्षेत्रबाट सहयोग पुगेकाले समयमा नै निजी आवास तथा विद्यालय तर्फको निमार्ण कार्य सम्पन्न गर्न सकेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले पछिल्लो समयमा भवन निमार्ण अव्यवस्थित रुपमा निमार्ण हुँदै जान थालेकाले भुकम्प आउदा पूर्ण रुपमा क्षति पुग्न्ो भन्दै संमेमित हुन आग्रह गर्नु भयो । त्यस्तै गरि हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले ब्यतिm ठुलो नभई काम र कर्म गर्नै शैलि ठुलो रहेको बताउनु भयो । अझै पनि नागरिकबाट बाँकी रहेको संरचना सम्पन्न हुँदैन कि भन्ने गुनासो आउन सक्ने भन्दै त्यसतर्फ ध्यान दिनु पर्नै बताउनु भयो ।
३२ जिल्लामा भुकम्पले क्षति पुर्याएकोमा निजी आवासतर्फको निर्माण कार्य सक्ने जिल्ला नवलपरासी नै पहिलो बनेको छ । २०७२ साल बैशाख १२ गते गोरखा केन्द्रविन्दु बनाएर आयको भुकम्पबाट प्रभाबित पुर्र्बी नवलपरासी र पश्चिममा ९८ प्रतिशत नीजि संरचना निर्माण भएको छ ।
२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पमा परी पूर्वी नवलपरासीमा १ हजार ५३ र पश्चिम नवलरासीमा २१ गरी १ हजार ७१ घरमा क्षति पुगेको थियो । यस्तै, पूर्वी नवलपरासीमा १३८ सहित दुवै जिल्लाका २ सय ८ वटा विद्यालयमा भूकम्पले क्षति पुर्याएको थियो । भूकम्पले पूर्वी नवलपरासीको साविक बुलिङटार गाविसमा बढी क्षति पुगेको थियो भने देवचुली नगरपालिका ६ कीर्तिपुरमा सबै भन्दा क्षति भएको जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख राजेन्द्र कार्कीले बताउनु भयो। । देवचुली नगरपालिका वडा नम्बर ६ कीर्तिपुर गाउँका १ सय ६ वटा घरमा क्षति पुगेको १ सय ५ वटा घर निर्माण सम्पन्न भइसकेको वडाअध्यक्ष मीनबहादुर सोतीले बताउनु भयो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर योगदान पुयाउनु भएका कर्मचारी, संघसस्था र कार्यलयलाई सम्मान समेत गरिएको थियो । मध्यविन्दु नगरपालिका , बिनयी त्रिवेणी गाँउपाँलिका , हुप्सेकोटा गाँउपालिका , बुलिगंटार गाँउपालिका, बौद्धिकाली गाँउपालिका जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय , जिल्ला समन्वय समिति, नेपाल पत्रकार महासंघ नवलपुर, चेत बहादुर गोदमी वडाअध्यक्ष, बुलिगंटार ४ , मिन बहादुर सोतीमगर वडाअध्यक्ष, देवचुली ६ र कर्मचारीलाई सम्मान गरिएको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: