आयोजकलाई कालिका गोल्डकपको उपाधि

चितवन, वैशाख १३ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी कालिका नगरपालिकाले ’प्रथम कालिका गोल्डकप’ फुटबलको उपाधि जितेको छ । (आइतबार) सम्पन्न फाइनल खेलमा रड्स क्लब रामपुरलाई पराजित गर्दै आयोजकले उपाधि जितेको हो ।
प्रतिस्पर्धात्मक खेलमा आयोजक १–० ले बिजजी भयो । आयोजकका लागि सन्त गुरुङले दोस्रो हाफको पाँचौ मिनेटमा गोल गरेका थिए । उक्त गोलनै आयोजकलाई उपाधि जित्न पर्याप्त भयो ।
उपाधि बिजेता बनेको आयोजकले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ । उपबिजेतामा सीमित रड्स रामपुर ५५ हजार ५ सय ५५ मा चित्त बुझाउन वाध्य भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: