राम सीताको मूर्ति माडी ल्याइदै, प्रधानमन्त्री ओलीद्धारा हस्तान्तरण

वैशाख ७ । माडीको अयोध्यापुरीमा अस्थायी रुपमा राखिने राम सीता लक्ष्मण र हनुमानको मुर्ति काठमाण्डौबाट चितवन तर्फ ल्याइदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहानै विधिवत पुजा गरी चितवन पठाउनुभएको हो ।

आज बालुवाटारमा विधिवत् रूपमा पूजाआजा गरिएको थियो। तयार पारिएका मूर्तिहरू रथ यात्रा गरेर आज चितवन ल्याइदैछ । कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, सन्तमहन्तलगायतको उपस्थिति रहेको छ ।

ओलीले नै बनाउन लगाएको भनिएको राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर चितवनको अयोध्याधाममा स्थापना गरिनेछ । पूर्णकदका ती मूर्तिहरु माडी अयोध्याधाममा बुधबार ९यही वैशाख ८ गते० अनावरण गर्न लागिएको अयोध्याधाम प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्यालय बालुवाटारमा रहेका ती मूर्तिहरुलाई मंगलबार प्रधानमन्त्री ओलीले स्वस्तीवाचनसहित हस्तान्तरण गर्नुभयो । ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको सो धार्मिक र्‍याली सहित सीता९रामका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ । भोलिपल्ट चैत ८ गते अर्थात् रामनवमीको दिन माडीको अयोध्याधाममा लगेर अनावरण गर्ने कार्यक्रम छ ।

पुरोहितहरुको सहभागिता तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा मूर्तिहरु अनावरण गर्न लागिएको बागमती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले त्रेतायुगका मर्यादापुरुषोत्तम रामको जन्म अयोध्यापुरीमा भएको सार्वजनिक अभिव्यक्ति दिएपछि माडीको अयोध्यापुरी चर्चामा आएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: