नारायणगढ–मुग्लिन सडकखण्डको जलबीरे पुल संचालनको तयारीमा

 वैशाख ७ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माण भएको जलबीर पुल संचालनको तयारीमा रहेको छ । पुल निर्माणको काम सकिएसँगै सवारी गुड्ने अनुमति दिन लागिएको हो । सडक आयोजनाकी इन्जिनियर सविना रानाभाटका अनुसार १३ करोड ९४ लाख रुपैयाको लागतमा पुल निर्माण भएको हो । घुमाउरो सँगै साँघुरो सडक भएकाले दुर्घटनाको जोखिम धेरै रहेको उक्त ठाउँमा पक्की पुल निर्माणसँगै २६५ मिटर दुरी छोटिएको छ । पुलको ९९ दशमलव ९ प्रतिशत काम सकिएको बताउँदै सूचना अधिकारी समेत रहेकी रानाभाटले बढिमा यसै साताबाट सवारी गुड्ने अनुमति दिने बताउनुभयो । मन्दिर छेउछाउमा केही क्याभिन पुरा गर्ने काम वाँकी रहेको बताउँदै हाइवे भएको र कोभिड १९ को संक्रमण सँगै बढेकाले औपचारिक ठूलो कार्यक्रम नहुने उहाँको भनाई छ ।
८० मिटर लामो पुल निर्माणका लागि रौताहा कन्सट्रक्सन उदयपुरसँग २०७४ असोज २३ गते सम्झौता गरिएको थियो । पुल निर्माणको म्याद गत वर्ष असारमा नै सकिएपछि थप गरिएको मिति यही बैशाख ९ गते सकिदैछ ।

जलबीरे पुल सँगै यो सडकखण्डमा अन्य १५ वटा पक्की पुलहरु निर्माण भइरहेका छन् । सडक विस्तार भएपनि पुराना पुलहरु नहटाउदा जाम पर्ने र दुर्घटना समेत बढेपछि सरकारले नारायगढ–मुग्लिन सडकमा १५ वटा पक्की पुल निर्माणको कार्यलाई अघि बढाएको थियो । बाँकी निर्माण भइरहेको पुल अनुप कन्सक्ट्रक्सनले बनाइरहेको रानाभाटले जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: